महिला सशक्तिकरणको क्षेत्रमा नेपालले ठूलो प्रगती हासिल गरेको छ : सचिव अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

महिला सशक्तिकरणको क्षेत्रमा नेपालले ठूलो प्रगती हासिल गरेको छ : सचिव अर्याल



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबले नेपालमा महिला सशक्तिकरणको क्षेत्रमा ठूलो प्रगती भएको बताएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो तीन दशकमा नेपालले थुप्रै प्रगती गरेको र त्यसमध्ये लैङ्गि समानता, महिला सशक्तिकरण र सूचना प्रविधिको क्षेत्रमा रुपान्तरण भएको बताइन् ।

उनले भनिन्, ‘पछिल्लो तीन दशकमा नेपालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबमा लैङ्गि समानता र महिला सशक्तिकरणको क्षेत्रमा ठूलो प्रगती हासिल गरेको छ । वर्तमान समयमा पनि नेपालले सञ्चार र सूचना प्रविधिको क्षेत्रमा प्रमुख रुपान्तरणहरु हासिल गरेको छ । साथै नेपाली महिलाहरु पनि अगाडि बढ्दै गएका छन् । तर अझैपनि चुनौतीहरुको सामना गर्नुपरेको छ ।’

यस्तै, उनले धेरैभन्दा धेरै महिलाहरुलाई प्रविधिको क्षेत्रमा ल्याउन आवश्यक रहेको भन्दै यसबारे नीति बनाएर अगाडि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘धेरैभन्दा धेरै महिलाहरुलाई प्रविधिको क्षेत्रमा ल्याउन आवश्यक छ । यसबारे नीति बनाएर अगाडि बढ्नुपर्छ । महिलाहरुको विचार, सिर्जनात्मकता, रचनात्मकता र आवाज भविष्यका लागि आवश्यक छ।’पुरुष र महिला दुवैको काम, नेतृत्व, योगदान उद्योग र नवप्रवर्तनमा अत्यन्त आवश्यक भएको पनि उनको भनाइ छ ।

प्रकाशित : 23 May, 2025 1:11 pm