नेप्से परिसूचक दोहोरो अंकले बढ्याे, कारोबार रकम नाैं अर्ब ८२ करोड माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक दोहोरो अंकले बढ्याे, कारोबार रकम नाैं अर्ब ८२ करोड माथि



काठमाडौं । आज साताको अन्तिम दिन बिहिबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १९.४० अंकले बढेर २६८८.९१ को विन्दुमा कायम भएको छ ।

आज ३१४ कम्पनीको दुई करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर किनबेच हुँदा नौं अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६९ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ६० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने कुमारी बैंकको ४२ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्रीको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार छ भने सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित : 22 May, 2025 3:24 pm