अन्तर्राष्ट्रिय परीक्षा तयारीका लागि बुटक्याम्प: विद्यार्थीको पहिलो रोजाइ बन्दै इन्लाइटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अन्तर्राष्ट्रिय परीक्षा तयारीका लागि बुटक्याम्प: विद्यार्थीको पहिलो रोजाइ बन्दै इन्लाइटन

१६ औं वार्षिकोत्सवमा संस्थाको विशेष पहल



काठमाडौं । बिदेश पढ्न चाहने नेपाली युवाहरूको संख्या दिनानुदिन बढ्दो छ। साथमा बढेको छ– भाषा तथा योग्यता परीक्षणको तयारी गर्ने संस्थाहरूको प्रतिस्पर्धा। यही प्रतिस्पर्धाबीच, शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशन ले फरक पहिचान बनाउँदै आएको छ।

१६औं वार्षिकोत्सवको अवसर पारेर इन्लाइटनले आयोजना गर्न लागेको ‘टेष्ट प्रिपरेशन बुटक्याम्प ६.०’ त्यसकै पछिल्लो उदाहरण हो। कार्यक्रम यही शुक्रबार, काठमाडौं बागबजारस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

यो बुटक्याम्प केवल तयारी कक्षाभन्दा फरक ढंगको छ। यहाँ ब्रिटिश काउन्सिल, पियर्सन, इटीएस जस्ता अन्तर्राष्ट्रिय संस्थासँग प्रत्यक्ष जोडिएका विशेषज्ञहरूले प्रशिक्षण दिनेछन्। सहभागीहरूले IELTS, PTE, TOEFL, Duolingo र SAT परीक्षाका लागि केवल सामान्य तयारी मात्र नभई, रणनीतिमूलक समझ पनि पाउनेछन्।

इन्लाइटनका अनुसार, प्रशिक्षणसँगै सहभागीहरूलाई आवश्यक परामर्श, कोर्स छनोटमा सहयोग र अन्तरवार्ताका लागि टिप्ससमेत प्रदान गरिनेछ। थप रूपमा, ३० प्रतिशत छुट, रिचार्ज कार्ड, मुभी टिकट र उपहार ह्याम्परले विद्यार्थीको आकर्षण थप्ने विश्वास लिइएको छ।

वैकल्पिक बाटो खोज्ने प्रयास

इन्लाइटन साढे एक दशकदेखि विदेशी शिक्षाको बाटो रोज्ने युवाहरूका लागि मार्गदर्शकको रूपमा उभिँदै आएको छ। परामर्श मात्र होइन, विद्यार्थीको मनोविज्ञान बुझेर व्यक्तिगत रूपमा योजना बनाउन सक्ने क्षमताले यस संस्थालाई फरक बनाएको छ।

‘हामीले विदेश जान चाहने विद्यार्थीहरूलाई सही टेस्ट र कोर्स चयनमा सहजीकरण गर्छौं,’ इन्लाइटनका एक प्रतिनिधिले भने, ‘बुटक्याम्प हाम्रो सेवालाई अझ नजिकबाट अनुभूत गराउने प्रयास हो।’

बुटक्याम्प मात्र होइन, नेपालमा शैक्षिक परामर्श क्षेत्र आफैं रूपान्तरणको यात्रामा छ। प्रविधिमा आधारित तयारी, अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारी, र विद्यार्थीकेन्द्रित दृष्टिकोण यो परिवर्तनका संकेत हुन्। यस्तो परिवेशमा इन्लाइटन जस्ता संस्थाको सक्रियता भविष्य निर्माणमा एउटा सशक्त टेवा बन्ने देखिन्छ।

प्रकाशित : 21 May, 2025 4:47 pm