जेठका लागि वाणिज्य बैंकहरुको ब्याजदर कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

बैंक / वित्त

जेठका लागि वाणिज्य बैंकहरुको ब्याजदर कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकहरुको जेठ महिनाको औषत ब्याजदर, बैशाखको तुलनामा सामान्य घटेको छ।

बैशाख महिनामा ५.९७९५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत, जेठ महिनामा घटेर ५.९५२ प्रतिशतविन्दुमा झरेको छ। बैशाखको तुलनामा जेठमा बैंकहरुको यस्तो ब्याजदर ०.०२७५ प्रतिशतविन्दु घटेको हो।

बैंकहरुले सार्वजनिक गरेको सूचनाअनुसार ३ वटाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन्। बाँकी १४ वटाले भने वैशाखकै ब्याजदरलाई निरन्तरता दिँदै स्थिर राखेका छन्।

ब्याजदर बढाउनेमा नेपाल बैंक, सानिमा बैंक र एभरेष्ट बैंक छन्। जेठमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत, सानिमा बैंकले ६.३३ प्रतिशत, एभरेष्ट बैंकले ६.६४ प्रतिशत पुर्याएका छन्। वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर नेपाल बैंककोे ५.१५ प्रतिशत, सानिमा बैंकको ५.९५ प्रतिशत र एभरेष्ट बैंकको ६.६१ प्रतिशत थियो।

यसैगरी ब्याजदर घटाउनेमा कुमारी बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक छन्। जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर कुमारी बैंकले ५.७१ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.५ प्रतिशत कायम गरेका छन्। वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर कुमारी बैंकले ५.९२ प्रतिशत, सिद्धार्थ बैंकले ६ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत दिएका थिए।

जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंकमा एनआईसी एसिया र एनएमबि बैंक रहेका छन्। यी दुवै बैंकले ६.६ प्रतिशत ब्याज दिने भएका छन्। यसैगरी जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिनेमा नेपाल बैंक रहेको छ। यो बैंकले ५.४५ प्रतिशत ब्याज दिने भएको छ।

प्रकाशित : ३१ बैशाख २०८२, बुधबार १२:४६ 14 May, 2025 12:46 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।