नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित



काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो। योसँगै सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएको छ ।

वैशाख १९ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यसअघि आज नै प्रतिनिधिसभाबाट पनि नीति तथा कार्यक्रम पारित भएको थियो ।
नीति तथा कार्यक्रमका आधारमा सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने छ ।

प्रकाशित : 11 May, 2025 5:54 pm