सुनकाे मुल्य घट्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य घट्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मुल्य तोलामा तीन सय रुपैयाँले घटेको हो। यससँगै सुन आज प्रतितोला छापावाल एक लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार प्रतितोला छापावाल सुन एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मुल्य भने १० रुपैयाँले बढेको छ। यससँगै आज चाँदी एक हजार ९७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : 11 May, 2025 11:03 am