कानुन बनाएर श्रमिकहरुको सेवाशुल्क दिलाउन सांसद पौडेलको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

कानुन बनाएर श्रमिकहरुको सेवाशुल्क दिलाउन सांसद पौडेलको माग

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले होटल क्षेत्रमा काम गर्ने श्रमिकहरुको सेवाशुल्क कानुन बनाएर पुनः लागू गराउन माग गरेकी छिन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सेवाशुल्क खारेजी पनि दक्ष जनशक्तिहरु पलायन हुने अवस्थामा रहेको भन्दै चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गरेकी हुन् ।

उनले भनिन्,‘सर्वोच्च अदालतले होटल क्षेत्रमा काम गर्ने श्रमिहरुकहरुले खाँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गरेर कानुन बनाए मात्रै तयो खाऊ भनेर आदेश गरेको छ । जसका कारण अहिले देशमा दक्ष जनशक्तिहरु पलायन हुने अवस्थामा छन् । त्यसैले म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । जुन सेवा सुविधा श्रमिहरुले पाइरहेको थियो त्यो चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गर्न चाहन्छु ।’

प्रकाशित : २५ बैशाख २०८२, बिहिबार १३:०८ 8 May, 2025 1:08 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।