सञ्चारकर्मी अधिकारीलाई पितृ शोक,कांग्रेसद्वारा श्रद्धाञ्जली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सञ्चारकर्मी अधिकारीलाई पितृ शोक,कांग्रेसद्वारा श्रद्धाञ्जली



इटहरी। नेपाली कांग्रेसले पार्टी केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका सदस्य पवन अधिकारीका पिता स्व इन्द्रलाल अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

प्रदेश खबर अनलाइन पत्रिकाका अध्यक्ष तथा बिज्ञापन बोर्डका सदस्य समेत रहेका नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष अधिकारीका पिताको वैशाख १७ गते इटहरीस्थित आफ्नै निवासमा ८६ वर्षको उमेरमा निधन भएको थियो ।

वि सं १९९६ सालमा भोजपुरमा जन्मिएका इन्द्रलाल अधिकारीले लामो समयदेखि नेपाली कांग्रेसप्रति निष्ठा राख्दै लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनबाट पार्टीले एक अनुशासित, निष्ठावान् र सङ्घर्षशील व्यक्तित्वको गुमाएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा अधिकारीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

यस्तै स्व।अधिकारीको निधनप्रति नेपाल प्रेस युनियनले पनि दुःख व्यक्त गरेको छ । प्रेस युनियन केन्द्रीय समिति, कोशी प्रदेश समिति र सुनसरी शाखाले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गरेका छन् ।

लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित अधिकारीको निधन आफ्नै निवासमा भएको हो ।

प्रकाशित : 7 May, 2025 3:22 pm