सुनको मूल्य बढ्यो, चाँदीको स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(बुधबार) छापावाल सुन प्रतितोला १ हजार ७ सयले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ८९ हजार ९०० मा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 7 May, 2025 11:39 am