शिक्षक महासंघसँग गरेका सहमतिहरु अब कार्यान्वयनमा जानुपर्छ: एकनाथ ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

शिक्षक महासंघसँग गरेका सहमतिहरु अब कार्यान्वयनमा जानुपर्छ: एकनाथ ढकाल



काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले सरकारले नेपाल शिक्षक महासंघसँग गरेको नौ बुँदे सहमति अब कार्यान्वयनको चरणमा जानुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले सहमति भएका नौ बुँदाहरुलाई व्यवहारमा उतार्ने बेला आएको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘सरकारले विगतमा पनि सहमति गर्दा उदारता देखाएको भए पनि कार्यान्वयनमा अनुदार हुने गरेको इतिहास छ । त्यसैले शिक्षकहरू अझै आश्वस्त हुन सकेका छैनन्, आगामी बजेटमार्फत सहमतिको कार्यान्वयन गर्नुपर्ने समय आएको छ ।’

साथै उनले राहत शिक्षकहरूको विषयमा पनि ढिलासुस्ती गर्न नहुने बताए ।

प्रकाशित : 6 May, 2025 12:47 pm