सुनको मूल्य बढ्याे, चाँदीको भने स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्याे, चाँदीको भने स्थिर



काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने सुनको मूल्य १४ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउमा भने कुनै घटबढ भएको छैन । चाँदी आज अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : १६ बैशाख २०८२, मंगलवार १२:२२