काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ। आज सुन तोलामा २०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार यस्तो सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। गत बैशाख ९ गते हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य हिजो उच्च दरमा घटेर एक लाख ९० हजार ४०० रुपैयाँमा झरेको थियो।
आज चाँदीको मूल्य भने उच्च दरमा बढेको छ। अघिल्लो दिन प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Comment