सुनको मूल्यमा उच्च गिरावट, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा उच्च गिरावट, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं। सुनको मूल्यमा बुधबार उच्च गिरावट आएको छ । आज सुनको मूल्य एक तोलामै सात हजार पाँच सय रूपैया घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ४ सय रुपैयाँमा सीमित बनेको छ ।

अघिल्लो दिन भने सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन छ हजार नाैं सय रुपैयाँले बढेको सुन प्रतितोला एक लाख ९७ हजार ९ सय पुगेको थियो ।

आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले घट्दै प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : 23 April, 2025 11:03 am