सुनको मूल्य प्रतितोला दुई लाख नजिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

अर्थतन्त्र

सुनको मूल्य प्रतितोला दुई लाख नजिक

काठमाडाैं । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बैशाख ८ गते सोमबार प्रतितोला एक हजार २०० रुपैयाँले बढेर एक लाख ९१ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : ९ बैशाख २०८२, मंगलबार १२:४२ 22 April, 2025 12:42 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।