काठमाडाै । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आइपुग्दा नेपालका अधिकांश वाणिज्य बैंकहरू उच्च खराब कर्जाको दबाबमा परेका छन्। यस अवधिमा हिमालयन बैंक खराब कर्जाका सूचकांकमा सबैभन्दा अगाडि उक्लिएको छ। यसअघि शीर्ष स्थानमा रहेको कुमारी बैंक दोस्रो स्थानमा झरेको छ।
हिमालयनको खराब कर्जामा बढोत्तरी
दोस्रो त्रैमासिकमा ४.९८ प्रतिशतमा सीमित रहेको हिमालयन बैंकको खराब कर्जा तेस्रो त्रैमासिकमा पुग्दा ७.६८ प्रतिशतमा उक्लिएको छ। तीन महिनामै करिब तीन प्रतिशत अंकले वृद्धि हुनु बैंकको जोखिमपूर्ण कर्जा व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाउँछ।
कुमारी बैंक दोस्रो
कुमारी बैंकले दोस्रो स्थानमा झरे पनि सुधार देखाउन सकेको छैन। यसको खराब कर्जा ६.९६ प्रतिशतबाट ६.९८ प्रतिशतमा पुगेको छ।
यस्तै प्रभावशाली छवि बनाएको नबिल बैंकमा पनि खराब कर्जा उछालिएको छ। एनबी बैंक मर्ज गरेपछि निर्माण क्षेत्रको जोखिमयुक्त कर्जा समेटिँदा नबिलको खराब कर्जा १.७ प्रतिशतबाट ४.९६ प्रतिशतमा पुगेको छ।
खराब कर्जाबाट आफूलाई जोगाउने बैंक
खराब कर्जाबाट आफूलाई जोगाउन सफल केही बैंकहरू पनि छन्।
एभरेष्ट बैंक (०.६४%),
सानिमा बैंक (१.४४%),
स्ट्यान्डर्ड चार्टर्ड (३.४३%)
यी बैंकहरू अहिलेको अवस्थामा ‘कम जोखिम’ समूहमा परेका छन्।
त्यस्तै, सिद्धार्थ बैंकले खराब कर्जा ४.५ प्रतिशतबाट घटाएर ४.०४ प्रतिशतमा ल्याएको छ। राष्ट्रिय वाणिज्य बैंकले पनि ४.९६ प्रतिशतबाट घटाएर ४.६९ प्रतिशतमा झारेको छ।
१५ वाणिज्य बैंक उच्च जोखिममा
हिमालयन, कुमारी, नेपाल इन्भेस्टमेन्ट मेगा लगायत १५ वटा वाणिज्य बैंकहरू ५ प्रतिशत हाराहारी वा सोभन्दा माथिको खराब कर्जाको चपेटामा छन्। यसले देशको बैंकिङ प्रणालीमा अस्थिरता ल्याउने सम्भावना प्रस्ट देखाएको छ।
Comment