काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बैंकको नाफामा सुधार आएको देखिएको छ।
बैंकले चैत मसान्तसम्मको अवधिमा नौं करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.४१ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्म बैंकको खुद नाफा छ करोड ८२ लाख रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी भने यो अवधिमा घटेको छ। अघिल्लो आवको तेस्रो त्रैमाससम्म १९ करोड ३४ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी यस पटक ३१.४३ प्रतिशतले घट्दै १३ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ ।
बैंकको अन्य सञ्चालन आम्दानी भने बढेको छ । अन्य सञ्चालन आम्दानी ५८ लाख ९० हजार रुपैयाँबाट बढेर सात करोड १४ लाख रुपैयाँ पुगेको छ। यस्तै बैंकको खुद सञ्चालन आम्दानी पनि बढेर २२ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
एक अर्ब २१ करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ १० करोड ८३ लाख र रिजर्भको आकार ३५ करोड ४२ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खराब कर्जा अनुपात घटेको छ। अघिल्लो आवमा २.६३ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ०.७८ प्रतिशतमा सीमित बनेको छ ।
बैंकको वितरणयोग्य मुनाफा १० करोड ८३ लाख रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १०.६५ रुपैयाँ रहेको छ । अघिल्लो आवमा बैंकको वितरणयोग्य मुनाफा पाँच करोड ४० लाख रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ५.७६ रुपैयाँ कायम थियो ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १०.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६०.११ गुणा र तरलता अनुपात ४२।३६ प्रतिशत कायम भएको छ ।
Comment