बैंकिङ्ग प्रणालीमा बढ्दाे तरलता, ३० अर्ब खिच्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकिङ्ग प्रणालीमा बढ्दाे तरलता, ३० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार बजारबाट थप ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका केन्द्रिय बैंकले सो बराबरको रकम तान्ने भएको हो । राष्ट्र बैंकले आजै अर्थात् बैशाख ३ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । यस बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न पनि सकिने छ । साँवा तथा ब्याज भुक्तानी भने अगामी बैशाख २४ गते हुनेछ ।

प्रकाशित : ३ बैशाख २०८२, बुधबार १३:०१