तत्कालीन गभर्नर अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तत्कालीन गभर्नर अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा



काठमाडौँ । नेपाल राष्ट्र बैंकले तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको ५ रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै नयाँ नोट जारी गरेको जानकारी दिएको हो।

राष्ट्र बैंकका अनुसार नयाँ नोट साबिककै आकार, रङ र विशेषताहरू सहितको हुनेछ। नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ। नोटको तल्लो भागको बोर्डरमा नेपाली भाषामा वि.संं २०८१ लेखिएको सिरियल नम्बर राखिएको छ।

नोटको मध्य भागमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर समावेश गरिएको छ। गभर्नर अधिकारीको कार्यकाल हाल समाप्त भइसकेको भए पनि ती नोटहरू पहिले नै छापिएको हुँदा हाल सार्वजनिक गरिएको हो।

प्रकाशित : २ बैशाख २०८२, मंगलवार १४:१०