श्रम र वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने तयारीमा छौँः श्रममन्त्री भण्डारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

श्रम र वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने तयारीमा छौँः श्रममन्त्री भण्डारी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐन र वैदेशिक रोजगार ऐनलाई आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले ऐन, कानुन र नियम भनेको सरकारका लागि, मन्त्रीको लागि र कर्मचारीका लागि नभइ जनताको लागि भएको बताएका हुन् ।

उनले भने,‘रोजगार र व्यवसायलाई अगाडि बढाउनको निम्ति कानुनी अडचन र कानुनमा सुधार गर्न सरकारले अहिले श्रम ऐन र वैदेशिक रोजगार ऐनलाई ध्यान दिएको छ । यसमा आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता छ । शंसोधन गुर्नपर्ने कुराहरुमा सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गहिरो छलफल गर्नुपर्ने छ ।’

साथै उनले शंसोधन गुर्नपर्ने कुराहरुमा सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गहिरो छलफल गर्नुपर्ने बताए । उनले रोजगार र व्यवसायलाई अगाडि बढाउनको निम्ति कानुनी अड्चनहरु समाधान गर्नुपर्ने बताए ।

प्रकाशित : २८ चैत्र २०८१, शुक्रबार १४:१० 11 April, 2025 2:10 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।