काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले लोकप्रिय वाई–सिरिज अन्तर्गतको नयाँ मोडेल भिभो वाई–२९ छिट्टै नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ । यो फोन वाई–२८ को सफल यात्रालाई अगाडि बढाउँदै, नयाँ पुस्ताका प्रयोगकर्ताहरूका लागि स्टाइल र पावरको संयोजन लिएर आएको छ ।
कम्पनीका अनुसार भिभो वाई–२९ केवल प्रविधिको कुरा होइन, यो एक फैशनेबल स्टेटमेन्ट पनि हो । आकर्षक मेटालिक हाइ–ग्लोस फ्रेम मा तयार गरिएको यो फोन नोबल ब्राउन र एलेगेन्ट ह्वाइट रंगमा उपलब्ध हुनेछ, जसलाई फेसनप्रेमीहरूले मनपराउँनेछन् ।
यस फोनको प्रमुख विशेषता यसको ६५०० एमएएच ब्याट्री हो, जसमा ४४ वाटको फ्ल्यास चार्जिङ सुविधा छ । साथै, क्वालकम स्न्यापड्रैगन ६८५ चिपसेट र ८। ८ जिबी र्याम को संयोजनले मल्टीटास्किङलाई सहज बनाउने कम्पनीले जनाएको छ ।
५० एमपी को मुख्य क्यामेरा, १२० हर्ट्ज रिफ्रेश रेट भएको लो ब्लू लाइट डिस्प्ले, र ४००५ अडियो बुस्ट सहितको डुअल स्टीरियो स्पिकरले गेमिङ, स्ट्रिमिङ र भिडियो कलिंगको अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ।
कम्पनीका अनुसार भिभो वाई–२९ अप्रिल महिनामा औपचारिक रूपमा सार्वजनिक हुने तयारीमा भैरहेको छ ।
Comment