दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा



इटहरी । गत चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईंलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरे । तर उनलाई प्रहरीको विशेष ब्यूरोले भारतमा पुगेर नियन्त्रणमा लिएको जनाइएको छ ।

उनका अनुसार प्रसाईको साथबाट निजका बडिगार्ड दिपक खड्का पनि नियन्त्रणमा आएका छन्। आचार्यले भने, ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो । निजको साथबाट उनका बडिगार्ड दिपक खड्का पनि संगै छन् ।’

प्रकाशित : २८ चैत्र २०८१, शुक्रबार १२:२१