राष्ट्रिय स्तरका विकास बैंकहरुकाे नाफा चार अर्ब १८ करोड भन्दा बढी, कुनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय स्तरका विकास बैंकहरुकाे नाफा चार अर्ब १८ करोड भन्दा बढी, कुनकाे कति ?



काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले चार अर्ब १८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुनसम्म आठ वटा राष्ट्रियस्तरका विकास बैंकले कुल चार अर्ब १८ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन्।

अघिल्लो वर्ष यही अवधिसम्म यी विकास बैंकहरुको कुल नाफा तीन अर्ब ३७ करोड ६३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा २४.०१ प्रतिशतले बढेको छ।

आठ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये नाफा आर्जनमा गरिमा विकास बैंक अगाडि देखिएको छ । फागुन मसान्तसम्मको अवधिमा गरिमा विकास बैंकले ८३ करोड ४० लाख नाफा आर्जन गर्दै आफूलाई नम्बर वान बनाएको हो । गरिमालाई पछ्याउँदै ७८ करोड ७० लाख नाफासहित मुक्तिनाथ विकास बैंक दोश्रो नम्बरमा छ ।

साइन रेसुंगा डेभलपमेन्ट बैंक ५६ करोड ४० लाख नाफासहित तेश्रो नम्बरमा छ भने ४२ करोड १० लाख नाफासहित महालक्ष्मी विकास बैंक चौथो नम्बरमा रहेको छ ।

नाफामा सांग्रिला बैंकले आफूलाई क्रमशः अगाडि बढाउँदै लगेको देखिएको छ । यो बैंकले आठ महिनाको अवधिमा ४० करोड ६ लाख नाफा कमाएको छ। कामना सेवा विकासले ३७ करोड २० लाख रुपैंया आर्जन गर्दै पछाडि परेको छ । ज्योति विकास बैंकको नाफा ३६ करोड रहँदा ३१ करोडसहित लुम्बिनी विकास बैंक राष्ट्रिय स्तरका विकास बैंकहरुको सूचीमा अन्तिम नम्बरमा परेको छ ।

प्रकाशित : 10 April, 2025 12:56 pm