काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ उचाई चुमेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ८१ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि गत चैत २१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो ।
बुधबारको कारोबारमा भने सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार पाँच सय कायम थियो ।
यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।





Comment