सुनको मुल्य घट्दा चाँदीको स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्दा चाँदीको स्थिर



काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन तोलामा एक लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित : 8 April, 2025 11:02 am