सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । बिहीबार सुनको मूल्यले ऐतिहासिक उचाई छोएको छ। गत शुक्रबारदेखि दैनिक नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बुधबार भने घटेको थियो।

तर यस दिन पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ।

बुधबार नेपाली बजारमा सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको चाँदी, आज तोलामा २५ रुपैयाँ घटेर एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : 3 April, 2025 10:59 am