दुर्गा प्रसाईलाई तत्काल पक्राउ गरेर कारबाही गर्ने सरकारको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

दुर्गा प्रसाईलाई तत्काल पक्राउ गरेर कारबाही गर्ने सरकारको तयारी



काठमाडौं। राजावादी आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंलाई सरकारले पक्राउ गर्ने तयारी गरेको छ। केहीबेरअघि गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहसचिव छवि रिजालले राजवादीहरुको नाममा हिंसात्मक प्रदर्शन भएकोले यसको नेतृत्व गर्ने दुर्गा प्रसाईंलाई तत्काल नियन्त्रणमा लिन सम्बद्ध निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए।

गृह मन्त्रालयले दुर्गा प्रसाईंले भड्काएकै कारण तीनकुनेको प्रदर्शन हिंसात्मक बनेको र सो क्रममा एकजनाको मृत्यु भएको दाबी गरेको छ । घटनामा प्रहरी र प्रदर्शनकारीतर्फ गरी ३० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले तीनकुनेका निजी घर, रेष्टुरा तथा व्यवसायिक मलहरुमा समेत तोडफोड र आगजनी गरेका थिए ।

प्रकाशित : १४ चैत्र २०८१, शुक्रबार १८:४३