काठमाडौं । राजावादी प्रदर्शनकारीहरुले व्यक्तिका निजी सम्पत्तिमाथि तोडफोडलाई व्यापक बनाएकाे पाइएको छ । व्यक्तिका निजी घर, रेष्टुराँ, मिडियाहाउसदेखि लिएर सुपरमार्केटसम्म पनि राजावादीको निशानामा परे ।
काठमाण्डौको तीनकुनेबाट प्रहरीले लखेटेका प्रदर्शनकारीहरु कोटेश्वरस्थित भाटभटेनीमा पुगेर तोडफोड गर्दै सामान बाहिर निकालेर आगजनीमा समेत उत्रिए ।
प्रदर्शनकारीको ढुंगामूडाबाट भाटभटेनीको कोटेश्वरस्थित आउटलेट क्षतिग्रस्त बनेको छ । भवनका सिसाहरु समेत फूटेका छन् ।
भाटभटेनीका कर्मचारीकाअनुसार सुरक्षागार्डलाई धकेलेर सुपरस्टोरभित्र छिरेका प्रदर्शनकारीहरुले तरकारी र सामानहरु बाहिर फ्याकेर नष्ट गरिदिएका थिए ।
भाटभटेनी सुपरमार्केटले घटनालगत्तै प्रहरीलाई खबर गरे पनि सुरक्षा नपाइएको गुनासो गरेको छ ।
Comment