तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी, आगो निभाउन पुगेको दमकलमाथि प्रदर्शनकारीको अवरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी, आगो निभाउन पुगेको दमकलमाथि प्रदर्शनकारीको अवरोध



काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकल पुगेपनि आगो निभाउन भने सकेन् । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि प्रदर्शनकारीहरुले तीनकुनेस्थित मार्बल हाउसमा आगजानी गरेका थिए । तर दमकललाई प्रदर्शनकारीले प्रवेश नै दिएका थिएनन् ।

घरमा लागेको आगो निभाउन दमकल र शसस्त्र प्रहरीले प्रयास गरेपनि असफल भएका हुन् । तीनकुने क्षेत्रमा चार घरमा प्रदर्शनकारी तोडफोड गरेका हुन् ।

आगजानी भएको ठाँउ अझैसम्म पनि दमकल पुग्न सकेको छैन् । तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा फुटाइदिएका थिए ।

प्रकाशित : १४ चैत्र २०८१, शुक्रबार १५:१०