राष्ट्र बैङ्कले गर्‍यो डिजिटल फाइनान्स इनोभेसन हब स्थापना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैङ्कले गर्‍यो डिजिटल फाइनान्स इनोभेसन हब स्थापना



काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार एक सूचना जारी गर्दै हबको स्थापना सम्बन्धमा जानकारी दिएको हो।

हबमार्फत डिजिटल फाइनान्सको क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवं नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुुनेवित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवं चुनौतीको विश्लेषण गरिने केन्द्रीय बैंकले जनाएको छ ।

साथै, हबबाट नियामकीय दृष्टिकोण, नन्बा-इन्डिङ गाइडेन्स, परामर्श एवं सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्य राखिएको छ । राष्ट्र बैंकले अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरिएको जानकारी गराएको छ ।

डिजिटल बैंकिङ, फिनटेक, पेमेंट गेटवे, ब्लकचेनजस्ता क्षेत्रमा काम गरिरहेका कम्पनी तथा स्टार्टअपका लागि यो हब महत्वपूर्ण मोड बन्ने विश्वास गरिएको छ।

प्रकाशित : १३ चैत्र २०८१, बिहीबार १५:३१