नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै ऐन सरकारको प्राथमिकतामा : मन्त्री खड्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै ऐन सरकारको प्राथमिकतामा : मन्त्री खड्का



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐनको व्यवस्था गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्बन वित्त लगानीका अवसर सम्बन्धी राष्ट्रिय गोष्ठी समारोहमा बोल्दै उनले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयकलाई ऐनको रुप दिने काम गर्ने बताएका हुन् ।

उनले भने, ‘सरकारले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्ने कार्य सदैव प्राथमिकतामा राखेको छ । नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक हाल राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेस भएको छ । यस विधेयकलाई प्रतिनिधि सभाबाट पास गराई ऐनको रुप दिने काम मेरो उच्च प्राथमिकता रहेको छ ।’

उनले सरकार मार्फत फन्डको प्रयोग गरी गरीब, निमुखा जनताहरुको लागि सोलारको व्यवस्था गर्न सके आय आर्जनको बाटो बन्ने पनि बताए । यसका साथै उनले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी कार्यहरुको स्तरउन्नती गर्नुपर्ने पनि बताए ।

प्रकाशित : १३ चैत्र २०८१, बिहीबार १४:२९