सुनकाे मूल्य तोलामा १३ सयले बढ्याे, कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मूल्य तोलामा १३ सयले बढ्याे, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित : १३ चैत्र २०८१, बिहीबार १०:५५