ग्रीन डेभलपमेन्ट बैंकको सेयर आजसम्म किन्नेले लाभांश पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ग्रीन डेभलपमेन्ट बैंकको सेयर आजसम्म किन्नेले लाभांश पाउने



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले शुक्रबार एक दिनका लागि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले चैत २७ गते, होटल पिस प्यालेस, हरि शंकर रोड, बाग्लुङ्ग नगरपालिका २ मा बाह्रौँ वार्षिक साधारणसभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर, सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने र बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १.१०७१ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित : १३ चैत्र २०८१, बिहीबार १०:४८