सुनचाँदीको मूल्य सामान्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्य सामान्य बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । मंगलबार एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोवार भएको सुन आज २०० रुपैयाँले बढेर एक लाख ७३ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोवार भैइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित : १२ चैत्र २०८१, बुधबार ११:४०