काठमाडौं । केन्द्रीय लेखा आयोगको तेस्रो पूर्ण बैठक महेन्द्रनगर कन्बनपुरमा सम्पन्न भएको छ। आयोगका अध्यक्ष डाक्टर पुष्प कडेलको अध्यक्षतामा तीन दिनसम्म चलेको बैठकले हालसम्म पार्टी केन्द्रीय कमिटी, प्रदेश तहका कमिटी, ४१ जिल्ला तहका कमिटी, २ महानगर कमिटी र ५ उप-महानगर कमिटी तथा १८ बटा जनसंगठन गरी केन्द्रीय लेखा आयोगको कार्यक्षेत्र अन्तर्गतका १५७ कमिटीहरुमध्ये ७४ कमिटीहरुको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण सम्पन्न भएको जानाएको छ ।
बैंठकले वार्षिक कार्ययोजना बमोजिमका अधिकांश कार्ययोजना कार्यान्वयनका क्रममा रहेको निष्कर्ष सहितको समीक्षा गर्दै बाँकी कमिटीहरुको लेखापरीक्षण सम्पन्न गरी आगामी २०८२ आषाढमा लेखा राष्ट्रिय समिक्षा भेला आयोजना गर्ने निर्णय गरेको छ।
आयोगको अथक प्रयासका बावजूद पार्टी बिधानको व्यवस्था विपरित विगत देखिनै लेखापरीक्षण नगर्ने, नगराउने कमिटी र सम्बन्धित कमिटीका जिम्मेवारहरु उपर पार्टी विधान बमोजिम अनुशासनात्मक कारवाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउने समेत बैठकले निर्णय गरेको छ।
बैठकले आगामी २०८२ भाद्रमा आयोजना हुन गइरहेको पार्टी दोश्रो राष्ट्रिय विधान महाधिवेशनमा आयोगका तर्फवाट प्रस्तुत गरिने प्रतिवेदन र विधान संशोधन प्रस्तावको मस्यौदा तयार गर्न प्रतिवेदन लेखन उप=समिति र विधान संशोधन मस्यौदा उप-समिति गठन गर्ने, पार्टीको स्थिर सम्पत्तिको अभिलेख संकलन गरी एकिकृत प्रतिवेदन पार्टीलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
साथै, गत आर्थिक वर्षको आर्थिक काम र लेखा व्यवस्थापनको मुल्यांकन गरी उत्कृष्ठ कमिटी घोषणा गर्ने, जनसंगठनका घटक तथा मातहत कमिटीहरु र जिल्ला सम्पर्क मन्चहरुको लेखा अनुगमन गर्ने, आर्थिक काम र लेखा व्यवस्थापन सम्बन्धी तालिम प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने, आर्थिक कामका सम्बन्धमा पार्टी नेतृत्वसँग अन्तरकृया कार्यक्रम आयोजत्ता गर्ने, पार्टीको नयाँ क्यातधबचभ आवश्यकता अनुसार जिल्ला कमिटी तथा जनसंगठनमा संचालनमा ल्याउन पार्टी केन्द्रलाई अनुरोध गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।
वैठकमा सुदुरपश्चिम प्रदेश कमिटी, कन्चनपुर जिल्ला कमिटी र भिमदत्त नगर कमिटीको पार्टी नेतृत्वसंग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको छ। अन्तरकृया कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्यहरु निरु पाल र राजेन्द्रसिह रावल, प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैशी, पार्टी केन्द्रीय सदस्यहरु नर बहादुर धामी र कमला बोहोरा, कन्चनपुर जिल्ला कमिटी अध्यक्ष लक्ष्मी बुढा, भिमदत्त नगर कमिटी अध्यक्ष हिमाल चन्द सहित प्रदेश कमिटी, प्रदेश लेखा कमिटी, जिल्ला कमिटी र नगर कमिटीका पदाधिकारी सदस्याहरुको उपस्थिति रहेको थियो ।
बैठकको अन्त्यमा, आयोगका अध्यक्ष डा। पुष्प कंडेलले सुदुरपश्चिम प्रदेशको महेन्द्रनगरमा आयोगको १३ औं पूर्ण बैठक आयोजना गर्न आर्थिक, भौतिक सहयोग प्रदान गर्ने सबैमा धन्यवाद सहितको समिक्षात्मक मन्तव्य प्रस्तुत गर्दै बैठकबाट भएका निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्दै पार्टीको आर्थिक काम र लेखा व्यवस्थापनमा प्रभावकारिता ल्याउन आयोगका सबै पदाधिकारी र सदस्यलाई आ-आफ्ना परिभाषित काममा खटिन निर्देशन दिदै बैठक सम्पन्न भएको छ ।
Comment