काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नारद लुइँटेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गरेको हो ।
सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन् । विभिन्न सरकारी तथा गैरसरकारी नियकामा नेतृत्व तहमा रहेर काम गरेको अनुभव उनीसँग छ ।
उनी पछिल्लोपटक पर्यटन मन्त्रालय अन्र्तगतको तारागाउँ विकास समितिको अध्यक्षका रुपमा २०७२ देखि २०७६ सालसम्म (चार वर्ष) नेतृत्व गरेका थिए ।
Comment