काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।
Comment