समयमै कारोबारको राफसाफ नगरेपछि एप्पल सेक्युरिटिज निलम्बनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

समयमै कारोबारको राफसाफ नगरेपछि एप्पल सेक्युरिटिज निलम्बनमा



काठमाडौं । सेयर कारोबारको समयमै राफसाफ तथा फछर्यौट कार्य नगरेको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एप्पल सेक्युरिटिज प्रा.लि (स्टक ब्रोकर नम्बर १०१) लाई निलम्बन गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै उक्त सेक्युरिटिजलाई तीन कार्य दिनका लागि निलम्बन गरेको जनाएको हो ।

‘सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मिति २०८१ चैत १० गतेको पत्र संख्याः २०८१/८२/४३, चलानी नं. १९२८ को पत्र मार्फत तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट कार्य नगरेको भनी निलम्बनका लागि सिफारिस भई आएकोले तीन कार्य दिनका लागि निलम्बन गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराइन्छ,’ नेप्सेद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित : १० चैत्र २०८१, सोमबार १४:५०