दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सूर्योदय वोमि र सपोर्ट माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

सूर्योदय वोमि लघुवित्तको ६ प्रतिशत बोनस बराबर ६ लाख २६ हजार कित्ता र सपोर्ट लघुवित्तको १३.७७५ प्रतिशत बराबर एक लाख ४८ कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको छ ।

आइतबार सूचीकृत भएको उक्त सेयर भोलि अर्थात सोमबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ ।

प्रकाशित : ९ चैत्र २०८१, आईतवार १५:४८