स्वाभिमान लघुवित्तको लाभांश घोषणा, बाेनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा, बाेनस र नगद कति ?



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । चैत ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.२३६२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

यस्तै बैठकले लाभांशसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र त्यसपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित : ७ चैत्र २०८१, शुक्रबार ११:२३