कांग्रेस प्रमुख सचेतक घिमिरेले यौन व्यवसाय सम्बन्धी आफ्नो अभिव्यक्तिमा मागे माफी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

कांग्रेस प्रमुख सचेतक घिमिरेले यौन व्यवसाय सम्बन्धी आफ्नो अभिव्यक्तिमा मागे माफी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिप्रति सदनबाटै माफि मागेका छन् । गत आइतबार देशको विकास र पर्यटकहरुको वृद्धिका लागि यौन व्यवसायलाई कानुनी रुपमा मान्यता दिनुपर्ने बताएका थिए । यसप्रति धेरै टिकाटिप्पणी भएपछि बुधबार बसेको प्रतनिधिसभाको बैठकबाटै उनले माफि मागेका हुन् ।

उनले भने, ‘यही चैत्र ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष रुपमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा कांग्रेस पार्टी र संसदीय दलको आधिकारीक धारणा पनि होईन । यस विचारले संसदका सदस्यहरु र जन समुदायमा समेत नकारात्मक प्रभाव परेको परेको उहाँहरुसँग क्षमायाचना चाहन्छु ।’

घिमिरेले आफूले रोखेको अभिव्यक्ति पार्टी र संसदीय दलको आधिकारिक धारणा नभई व्यक्तिगत धारणामात्र भएको पनि प्रष्ट पारे ।

प्रकाशित : ५ चैत्र २०८१, बुधबार १२:२५ 19 March, 2025 12:25 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।