काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो।





Comment