काठमाडौँ । नेपाल स्टक एक्सचञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि ५ जनाको नाम अन्तरवार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ। नेप्से सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन दिएकामध्ये ५ जनाको नाम ‘सर्टलिस्ट गरी सार्वजनिक गरेको हो ।
सर्टलिस्टमा पर्नेहरुमा चुडामणी चापागाईं, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल रहेका छन् । उनीहरुलाई चैत ६ गते बिहान ७ बजे व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताको लागि बोलाइएको छ ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाले आवेदन दिएका थिए। जसमध्ये यी ५ जनालाई अन्तरवार्ताका लागि बोलाएको हो। सीइओ कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गते सकिएको थियो ।
Comment