उच्च स्तरीय छानबिन समिति गठन गर्न प्रेस सेन्टर सुनसरीकाे माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

उच्च स्तरीय छानबिन समिति गठन गर्न प्रेस सेन्टर सुनसरीकाे माग



प्रेस सेन्टर नेपाल सुनसरीले ‘पत्रकारका नेता कि बिचौलिया? समाचार रोक्न भन्दै लिएको पैसामा पत्रकार महासङ्घ सुनसरी अध्यक्षलाई भागबन्डा’ शीर्षकमा प्रकाशित समाचार प्रतिगम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

सेन्टरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासङ्घ जस्तो श्रमजीवी पत्रकारहरूको साझा, सम्मानित र पवित्र संस्थाका सुनसरी शाखा अध्यक्ष सहित पत्रकारहरूको नाम यस प्रकारको समाचारमा जोडिनु अत्यन्तै गम्भीर र लज्जास्पद विषय हो।

यसबाट स्वयं नेपाल पत्रकार महासङ्घको शुद्धीकरण अभियान र नागरिकहरूमा सि‌ङ्गो पत्रकारितामाथि नै प्रश्न उठ्न गएको प्रेस सेन्टर नेपाल सुनसरीको ठहर रहेकाे उल्लेख गरेकाे छ ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले सहित नाम जोडिएका अन्य पत्रकारहरूको विषयमा उच्च स्तरीय छानबिन समिति गठन गर्न र प्रक्रियासम्मत ढङ्गले निष्पक्ष छानबिन गरी सत्य तथ्य कुरा तत्काल सार्वजनिक गर्न नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समिति र नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति समक्ष जोडदार माग गरेकाे छ ।

प्रकाशित : १ चैत्र २०८१, शनिबार ११:३२