सुनको भाउ सामान्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको भाउ सामान्य बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित : २८ फाल्गुन २०८१, बुधबार ११:४२