२१ लाख ९२ हजारको सामन सहित ट्रक प्रहरी नियन्त्रणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

२१ लाख ९२ हजारको सामन सहित ट्रक प्रहरी नियन्त्रणमा



रौतहट । बारा प्रहरीले २१ लाख ९२ हजार बराबरको समान सहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको चेकिङ् टोलीले बिल बिजक भन्दा समान फरक रहेको पाइएपछि ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रसौनीबाट वीरगंज तर्फ जाँदै गरेको ना ३ ख ७०५० नं. को ट्रकलाई पतञ्जली चौकमा रोकी चेक जाँच गर्दा बिल बिजक नै फरक परेको इलाका प्रहरी कार्यालय प्रसौनी प्रहरी निरीक्षक सुरेश राज भाट्टले बताए ।

उनका अनुसार उक्त ट्रकमा हरियो मटर १२० बोरा, बिस्कुट ९५० काटुन र हाडवयर लगायतका सामन बरामद गरिएको छ । उक्त समानहरु बिल बिजक भन्दा समान फरक रहेको हुँदा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज, पर्सा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

प्रकाशित : २७ फाल्गुन २०८१, मंगलवार ११:५५