सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। आज सुन मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रकाशित : २७ फाल्गुन २०८१, मंगलवार ११:५१