पुँजीबजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित गर्न सकिदैन : मन्त्री भण्डारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

पुँजीबजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित गर्न सकिदैन : मन्त्री भण्डारी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जबसम्म नेपालको पुँजीबजार चलायमान हुँदैन् तबसम्म श्रम शक्तिलाई व्यवस्थित गर्न नसकिने बताएका छन् । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा बोल्दै उनले सरकारले आजको सेवा प्रवाहसँग जोडेर नेपालको पुँजी बजारलाई कसरी प्रोत्साहन र चलायमान बनाउने सोच्नु पर्ने बताए ।

उनले भने,‘सरकारले आजको सेवा प्रवाहसँग जोडेर नेपालमा नेपालको पुँजी बजारलाई कसरी प्रोत्साहन गर्ने नेपालको पुँजीबजारलाई कसरी चलायमान बनाउने । जबसम्म नेपालको पुँजीबजार चलायमान हुँदैन् तबसम्म नेपालको श्रमशक्तिलाई व्यवस्थित गर्न सकिदैन ।’

त्यस्तै उनले जबसम्म उद्योग उद्यमशिलता हुँदैन तबसम्म रोजगारी सृजना नहुने भन्दै आज उद्योग स्थापना गर्न, त्यसलाई सञ्चालन गर्न जोखिम र चुनौतीपूर्ण बनेको बताए ।

उनले भने,‘जबसम्म उद्योग उद्यमशिलता हुँदैन तबसम्म रोजगारी सृजना हुँदैन् । त्यसैले यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नु पर्छ । तर एउटा बिडम्बना आजको उद्योग स्थापना गर्न र त्यसलाई सञ्चालन गर्न जोखिम र चुनौती छ ।’

प्रकाशित : २६ फाल्गुन २०८१, सोमबार १५:२६ 10 March, 2025 3:26 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।