काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख रूपैयाँ जरिवाना तिरेको छ। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही आफैँ पुगेर महानगरलाई जरिवाना बुझाएका हुन् ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उत्रिएका समर्थकहरुले विभिन्न स्थानमा फोहोर गरेको र भौतिक क्षति पुर्याएको भन्दै महानगरले १ लाख जरिवाना गराएको थियो ।
राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको पनि महानगरले जनाएको थियो ।
Comment