सुनको मुल्य सामान्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य सामान्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सोमबार सुनको मुल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ। आज चाँदीको मुल्य प्रतितोला एक हजार ९८५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको मुल्य एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 10 March, 2025 10:59 am