काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाको आवेदन परेको छ ।
अर्थ मन्त्रालयले उक्त पदमा आवेदन दिने म्याद (थपिएको समेत) आइतबारसम्मका लागि तोकेको थियो ।
यसबीचमा पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, नारदकुमार लुइटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणी चापागाईँ, बिमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त वश्याल र मुकुन्दराज जोशीको आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ ।
आइतबार साँझ ५ बजेसम्म प्राप्त आवेदनबाट यो सूची जारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका सहसचिवहरुको समूहले उनीहरुमध्येबाट नयाँ सीईओ नियुक्ति गर्ने प्रक्रिया अघि बढाउने छन् ।





Comment